बुटवल, सत्ता गठबन्धनमा रहेका मुलुकका दुई ठूला पार्टी कांगे्रस र एमालेले सबै ठाउँमा आफ्नो वर्चस्व कायम गर्न लाथेका छन् । गाउँ टोलमा गठन हुने आमा समूह, टोल विकास संस्थादेखि हरेक ठाउँमा आफ्नो कब्जामा ल्याएर सबै ठाउँको सत्ता चलाउने कांगे्रस र एमालेको रणनीति देखिन्छ ।
तीनै तहका सरकारदेखि स्थानीय तहका वडासम्म पनि प्रतिपक्षलाई वाइपास गरेर आफूहरु हाबी हुन लागेको कांग्रेस र एमालेको व्यवहारले देखाएको छ ।
स्याङ्जाको एउटा घटनाले त्यसलाई थप पुष्टी गरेको छ ।
सत्तामा रहेका कांगेस र एमाले स्याङ्जाले ४ बुँदे सहमति गर्दै पालिकास्तरमा समेत सहकार्य गर्ने निर्णय गरेका छन् । योसँगै स्याङ्जा सत्ताको हिसाबले प्रतिपक्ष नभएको जिल्ला बनेको छ । कांगे्रस, एमाले कसैलाई पनि प्रतिपक्ष नस्वीकार्ने र आफ्नो सत्ता चलाउने दाउमा रहेको स्याङ्जाले पुष्टी गरेको हो ।
स्याङ्जाका सबै पालिकामा नेपाली कांग्रेस र नेकपा एमाले पार्टीका जनप्रतिनिधि सम्मिलित स्थानीय तहहरु देखिन्छन् । यसले पालिका तहमा दुई दलहरू सम्मिलित सबै खाले निर्णयहरु अनिवार्य सर्वसम्मत जस्तो देखिने गरेको पत्रकार प्रकाश डुम्रेले स्याङ्जामा सम्पन्न कांग्रेस, एमालेको बैठक सहितको फोटा र निर्णयका बुँदा उल्लेख गरेर फेसबुकमा पोष्ट गरेका छन् ।
स्याङ्जा कांगे्रस र एमालेको बैठक सहितको फोटा पोष्ट गर्दै पत्रकार प्रकाश डुम्रेले लेखेका छन् ‘यद्यपि कतिपय इमानदार जनप्रतिनिधिले दुई दलीय सिण्डीकेट विरुद्ध आवाज उठाउने प्रयत्न गर्लान् आशावादी पनि बनौँं ।’ केही दिन अगाडि संघीय सांसदसमेत रहेका कांगे्रस जिल्ला सभापति राजु थापा र एमाले जिल्ला ईन्चार्जसमेत रहेकी पूर्वमन्त्री सीता सुन्दास लगायतका दुई पार्टीका पदाधिकारी बसेर विभिन्न बिषयमा सहमति गरेका छन् ।
पालिका स्तरसम्म संयुुक्त सरकारको अवधारणा अनुरुप काम गर्ने, केही विषयमा विवादास्पद बने पनि छलफल र समन्वय गरेर मिलाउने, जिल्लास्थित सामाजिक संघसंस्थामा दुई पार्टीले सल्लाह गरेर टुंगोमा पु¥याउने जस्ता लिखित सहमति गरेका हुन् ।
सोही सहमति अनुसार अघिल्लो विवादास्पद बनेको स्याङ्जा रेडक्रस आज दुई दलीय सहमति अनुरुप टुंगिएको छ । आगलागी, बाढी पहिरो, अन्य विपत्तिमा पुतलीबजारबाट राङखोलासमेत नकटेका एकजना व्यापारी साथीहरूलाई रेडक्रस जस्तो स्वच्छ संस्थाको चाबी दुई दलले सुम्पेका छन,् भने अन्य पदाधिकारीमा पनि दलीय भागबन्डामा टुंगाईएको छ ।
रेडक्रस भन्दै दिनरात दुख गरेका, विपत्तिमा दगुरेका ईमानदार कांग्र्रेस एमालेकै साथीहरू रेडक्रस नेतृत्वबाट पाखा लगाइएको छ । आँधीखोला अवैध दोहन र दलीय लडाइले अलपत्र परेका स्याङ्जाका दर्जनौँ खानेपानी योजनाका बारेमा यो संयन्त्रको धारणा के हो ? समस्याग्रस्त सहकारीको बारेमा यो संयन्त्रको धारणा के हो ? समाधान कसरी गराउने योजना छ ? स्याङ्जामा ढुकुटीको नाममा करोडौँ रकम अपचलन भएको छ ।
ढुकुटीमा यही संयन्त्र निकट नेताहरू जोडिएका छन्, यसको समाधान कसरी गर्ने नीति बनाउनु भएको छ ? सिद्धार्थ राजमार्गको स्तरउन्नतीको बारेमा धनराज गुरुङ र पदमा अर्याल लगायतहरुले संयुक्त सरकार भएको बेला आउँदो असारको बजेटमा समावेश गर्ने विषयमा एजेन्डा बनाएर स्याङ्जाको भविष्य उज्यालो बनाउने विषयमा पहल गर्न सकिन्छ कि सकिँदैन ? चुनावमा मतगणना गर्न वालिङ् नगरपालिकाको गेटमा हप्तौँ दिनसम्म ताण्डव नाच देखाउने साथीहरू अन्ततः जिल्ला, पालिका हुँदै वडा तहसम्म संयुक्त संयन्त्र बनाएर अगाडि बढ्ने सहमति भएको छ । एकतालाई राम्रो मानिन्छ तर एकताले स्याङ्जाली जनताको मन र भावना समेट्न मद्दत पुगोस् भन्दै पत्रकार डुम्रेले बधाई शुभकामना भनेका छन् ।









प्रतिक्रिया दिनुहोस्