रामप्रसाद चापागाईद्धारा लिखित ‘हाम्रो कोहलपुर कक्षा ८’ पुस्तक सार्वजनिक कार्यक्रम



कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाद्वारा स्वीकृत पाठ्यक्रममा आधारित कक्षा ८ को हाम्रो कोहलपुर नामक पुस्तक सावर्वजनिक गरिएको छ । बुधबार राम जानकी पुस्तक पसलद्वारा आयोजित कार्यक्रमका बीच हाम्रो कोहलपुर नामक पुस्तक सार्वजनिक गरिएको हो । यस पुस्तकका लेखक रामप्रसाद चापागाई हुन् । उनी जन ज्ञान ज्योति माध्यमिक विद्यालय कौशिलानगर अध्यापनरत छन् ।
पुस्तक सार्वजनिक कार्यक्रकममा बोल्दै लेखक चापागाईले पाठ्यसामाग्री अभावका कारण विगतका वर्षहरूदेखि नै आधारभूत तह कक्षा ८ को नतिजा सुधार हुन नसकेको सन्दर्भलाई आत्मसाथ गर्दै वार्षिक परीक्षाको नतिजा सुधार गर्ने उद्देश्यले पुस्तक प्रकाशित गरिएको बताए । उनका अनुसार कोहलपुरमा पुस्तक अभावका कारण शिक्षक तथा विद्यार्थीहरूले झेल्नु परेका अनेकन समस्याहरूकको न्यूानीकरणको प्रयास स्वरुप पुस्तक सार्वजनिक हो ।
पुस्तक प्रकाशनले चार वटा पक्षहरुबारे सन्देश दिन खोजिएको उनले बताए । सुधार हुन नसकेको आधारभूत तह कक्षा ८ को नतिजा सुधारमा गुणात्मक परिवर्तनको अपक्षा राखिएको छ । स्थानीय विषयवस्तुको ज्ञान अभिवृद्धि गर्ने र शिक्षणमा प्रभावकारिता ल्याउने उद्देश्य रहेको छ ।
कोहलपुरको ऐतिहासिक,साँस्कृतिक भौगोलिक,सामाजिक र पर्यटकीय पक्षहरूको शिक्षणमा प्रभावकारिता ल्याउने,स्थानीय पाठ्यक्रममा आधारित सन्दर्भ सामाग्री अभावको पूर्ति गर्ने र विद्यार्थीहरूमा स्थानीय पहिचानको भावना जागृत गर्ने रहेको छ’पुस्तक सार्वजिनक कार्यक्रममा लेखकले चापागाईले बताए ।

नतिजामुखी मूल्याङ्कनलाई जोडलाई मुख्य आधार बनाइएको र शिक्षण सिकाई क्रियाकलाप व्यवस्थापनमा प्रभावकारिता ल्याउनुपर्ने पनि पुस्तक प्रकाशनको उद्देश्य रहेको उनले बताए । पुस्तकका सात वटा विशेषता रहेको लेखक चापागाईको भनाइ छ ।
‘पुस्तक पूर्णरुपमा नगरपालिकाद्धारा स्वीकृत पाठ्यक्रममा आधारित हो । प्रत्येक इकाईको अग्र भागमा नगरपालिकाबाट स्वीकृत पाठ्यक्रम राखिएको छ । प्रत्येक इकाइको अन्त्यमा विशिष्टिकरण तालिकाको आधारमा अति छोटो, छोटो र लामो प्रश्नहरू यथेष्ट रुपमा राखिएको छ । स्थानीय प्रतिभाहरूलाई विधागत रुपमा समेट्ने प्रयास गरिएको छ’ चापागाईले भने ।

पुस्तकमा राखिएका तथ्याङ्कहरूको सम्भाव भएसम्म स्रोत खुलाइएको र गुगल खोजीका माध्यमबाट शैक्षणिक क्रियाकलाप सञ्चालन गर्न सहज होस् भन्नका निम्ति पुस्तकका कतिपय ठाउँमा अंग्रेजी शब्दहरू प्रयोग गरिएको उनको भनाइ थियो । साथै कुनै अनुसन्धानमूलक खोजका लागि सोधकर्तालाई उपयोगी सामाग्रीको रुपमा विकास गरिएको उनले जानकारी दिए ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै कोहलपर बागेश्वरी स्कुलका प्रिन्सिपल कलाधर चापागाईले कोहलपुरमा रहेका विद्यार्थीहरुले भोगिरहेको समस्या समाधान हुने र विद्यार्थीहरुलाई सहज हुने बताए । उक्त अवसरमा बोल्दै जन ज्ञान ज्योति मावि कौशिलानगरमा अध्ययनरत विद्यार्थी पुस्तिका ऐडीले पुस्तक प्रकाशनले आफूलाई निकै सहज हुने विश्वास व्यक्त गरिन् । उनका अनुसार पुस्तकको अध्ययन बिना नै परिक्षा दिनुपर्ने बाध्यता हटेको छ ।

यस्तै उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल शर्मा पुस्तक प्रकाशनले विद्यार्थी मात्रै नभएर अभिभावकहरुलाई समेत सहज भएको बताए । कोहलपुरमा नाम चलेका शिक्षा चापागाईद्धारा लिखित पुस्तक पठनयोग्य रहेको शिव शक्ति आधारभुत विद्यालयका प्रधानाध्यापक बद्री सापकोटाको भनाइ थियो यसैगरी ज्ञान बहुमुखी क्याम्पसका प्रमुख टेकबहादुर गुरूङले हाम्रो कोहलपुर नामक पुस्तक प्रकाशनमा आउनु कोहलपुरका विद्यार्थीका लागि अवसर भएको बताएका थिए । उक्त पुस्तक मिसन अफसेट प्रेसले प्रकाशित गरेको हो । पुस्तकको वितरण भने राज जानकी पुस्तक पसलले गर्ने भएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार