राप्ती सोनारी– २ मा पुरुषको बेवारिसे शव फेला



कोहलपुर ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित गुन्देली खोला पुलनजिकै शनिबार एउटा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग खण्डमा रहेको पानी निकास हुने सानो पुलमुनि पानी नभएको सुक्खा ठाउँमा एक जना पुरुषको शव भेटिएको हो ।

अन्दाजी ४५ देखि ५० वर्षको, कल्साउँदो वर्णको, मधेसी मूलको जस्तो देखिने, पहेँलो रङको सर्ट, खरानी रङको पाइन्ट लगाएको, कपाल छोटो भएको पुरुषको लाश बेवारिसे अवस्थामा फेला परेकाले सो हुलिया भएको मानिसलाई चिन्ने व्यक्तिले तत्काल इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार