बाँके ।
अपांगमैत्री संरचना विकास गर्ने क्रममा नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो कार्यालय भवनमा लिफ्ट निर्माण गरेको छ । अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहजताका लागि लिफ्ट निर्माण गरेर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।
सोमबार नगर प्रमुख प्रशान्त विष्टले लिफ्ट सेवाको उद्घाटन गरेका थिए । आफू निर्वाचित हुने बित्तिकै अपांगमैत्री संरचना विकास गर्ने प्रतिबद्धतासहित लिफ्ट सञ्चालन गर्ने पहिलो निर्णय गरेका नगर प्रमुख विष्टले अब अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सेवा लिन निकै सहज हुने बताए ।
अपांगता र ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाहका लागि लिफ्ट निकै लाभदायी र उपयोगी हुने उनले विश्वास व्यक्त गरे । १९ लाख ५० हजार रकम लागतमा लिफ्ट निर्माण भएको नेपालगन्ज उपमहानगरपालिकाका योजना अधिकृत तेजेन्द्र रोकायले जानकारी दिए ।
उनका अनुसार डेढ वर्षमा निर्माण सम्पन्न भएको लिफ्ट आधुनिक र डिजिटल प्रणालीमा आधारित रहेर निर्माण गरिएको छ ।
लिफ्ट उद्घाटन कार्यक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राही लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्