बाँके ।
कोहलपुर उद्योग बाणिज्य संघको एशोसियट सदस्यमा राजेन्द्रप्रसाद रिजाल विजयी भएका छन् । शनिबार भएको संघको चुनावमा रिजाल ४० मत ल्याएर एशोसियट समस्यमा विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी दिपेश खनाल १५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
मतदान सकिएलगत्तै सुरु भएको मतगणनामा पहिला एशोसियट सदस्यतर्फको मतगणना गरिएको थियो । एशोसियट सदस्यमा जम्मा ५५ मत खसेकोमा विजयी भएका रिजालले ४० र खनालले १५ मत प्राप्त गरेका थिए ।
विजयी भएका रिजाल लोकतान्त्रिक समावेशी व्यावसायिक समूहबाट प्रदीप भट्टराई नेतृत्वको चुनावी मैदानमा थिए । पराजित खनाल भने प्रगतिशील व्यावसायिक प्यानलबाट अञ्जना धिताल नेतृत्वमा चुनावी मैदानमा थिए ।
प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्