बाँके ।
बाढीपहिरोमा परेर नेपाली सेनाका तीन जनाको ज्यान गएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार दिएको जानकारी अनुसार प्रमुख सेनानी (कर्णेल) सहित तीन जनाको कर्तव्य पालनाको सिलसिलामा ज्यान गएको हो ।
प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ चिहानेमा पहिरोले पुरिएर ज्यान गएको थियो । पहिरोमा पुरिएका कोरियन नागरिकहरूको उद्धारका क्रममा उनको ज्यान गएको हो ।
यस्तै, अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शंकर चन्दको पनि मृत्यु भएको छ । दोलखाको बिगु गाउँपालिकास्थित अपर तामाकोसी हाइड्रो पावरमा उनीहरूको ज्यान गएको थियो ।
ड्याम क्षेत्रमा सुरक्षार्थ खटिएका उनीहरूको कर्तव्य पालनकै सिलसिलामा ज्यान गएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।
नेपाली सेनाले बाढी पहिरोमा परेकाहरूको खोज तथा उद्धार जारी राखेको छ । यस्तै प्रभावितहरूलाई राहत ढुवानी र अलपत्र नागरिकको उद्धार पनि गरिरहेको सेनाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्