प्रअसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लिलिपकुमार गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको शौचालय निर्माण, छात्रवृत्ति वितरणमा उनीहरूले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा शंकर माध्यमिक विद्यालयका मुखिया श्रवणकुमार चौधरी र शिक्षक हृदयराम चौधरी छन् ।

आर्थिक वर्ष २०७१/७२ मा उनीहरूले विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको पहिलो किस्ता, विद्यार्थीहरूको नाममा विभिन्न शीर्षकमा आएको विभिन्न आर्थिक वर्षहरूको छात्रवृत्ति रकम विद्यार्थीलाई नबाँडेको, विद्यालय कोषको रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा प्रधानाध्यापक दिलिपकुमार गुप्ताले ६ लाख ४९ हजार ९१६ रुपैयाँ, मुखिया श्रवणकुमार चौधरीले पाँच लाख ८७ हजार ३३ रुपैयाँ र शिक्षक हृदयराम चौधरीले ६२ हजार ५८३ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज १६ गते बुधबार