सीजीले ल्यायो ‘उत्सव खुसियाली’

सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सेन्सेई ब्रान्डले चाडपर्वको अवसरमा ‘उत्सव खुसियाली’ अभियान सुरु गरेको छ । यस अभियानले ग्राहकहरूलाई सेन्सेई ब्रान्डका घरायसी उपकरणहरू खरिदमा आकर्षक छुट र विशेष अफरहरू प्रदान गर्दै चाडपर्वको खुसियालीलाई थप रोमाञ्चक बनाउने विश्वास लिएको छ ।

काठमाडौँ ।

सेन्सेईका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित भएको जनाउँदै कम्पनीले यी उत्पादनले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने र टिकाउ हुने दाबी गरेको छ ।

यस अभियानअन्तर्गत, ग्राहकहरूले सेन्सेईका घरायसी उपकरणहरू खरिद गरी बम्पर ड्रमा भाग लिन सक्नेछन् । बम्पर ड्रमा दुई जना भाग्यशाली विजेताहरूलाई ६५ इन्चको टेलिभिजन जस्ता पुरस्कार प्रदान गरिने जनाइएको छ ।

बम्पर ड्रमा सहभागी हुन क्युआरकोड स्क्यान गरी आफ्नो विवरण भरी सहभागी हुन सकिनेछ ।

ग्राहकहरूको सुविधाका लागि, सीजी इलेक्ट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूका लागि किस्तामा भुक्तानीको पनि सुविधा उपलब्ध गराएको छ । क्युआरकोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सीजी इलेक्ट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक भएका नाताले सेन्सेई जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्दै आएको कम्पनीले दाबी गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार