बाँके ।
लागूऔषध चरेशसहित भारतीय सीमावर्ती बजार रुपैडिहाबाट भारतीय प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङकी ३२ वर्षीया जीवन कुमारी घर्ती रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रुपैडिहा थाना इञ्चार्ज शमशेर बहादुर सिंह र एसएसबीको ४२औँ बाहिनीका जवानले संयुक्त जाँच गर्दा उनी लागूऔषध चरेशसहित पक्राउ परेको बताइएको छ ।
पक्राउ परेकी घर्तीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बहराइच चलान गरिएको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ परेकी घर्ती जमुनाहा नाका भएर भारत प्रवेश गरेकी थिएन् । बरामद लागूऔषध चरेशको अन्तर्राष्ट्रिय मूल्य भारु ३० लाख रुपैयाँ रहेको बताइएको छ । केही दिनअघि मात्रै केही नेपाली महिलाहरूलाई समेत रुपैडिहाबाट भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्