लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक पारित



दाङ ।

लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ ।

प्रदेश सभाको सोमबार बसेको चौथो अधिवेशनको ३५औँ बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पेश गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

प्रदेश सभाको गत शुत्रबार बसेको बैठकमा पेश भएको संशोधन विधेकमा ५ वटा संशोधन परेका थिए । परेका संशोधनलाई शुक्रबारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानून समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो ।

समिति सभापति दिलकुमारी बुढाको संयोजकत्वमा रहेको समितिले दफावार छलफल पछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेश सभाको सोमबार बसेको पहिलो बैकमा पेश गरेकी थिइन् ।

२०८० असारको २२ गते प्रदेश सभामा पेश भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणिकरण गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज १ गते मंगलबार