बाँके ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) बाँकेको अध्यक्षमा सुनिल बटाला सर्वसम्मत चयन भएका छन् । बटालाको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति चयन गर्दै मंगलबार अखिल क्रान्तिकारी बाँकेको २४औँ जिल्ला सम्मेलन सकिएको हो ।
जसको उपाध्यक्षमा शान्ति विक, उपेन्द्र आचार्य, भरत बुढाथापा, दिपेन्द्र शाही र सुवास मल्ल चयन भएको अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशका इन्चार्ज सूर्यप्रकाश घर्तीमगरले जानकारी दिए ।
उनका अनुसार सचिवमा लक्ष्मण मानव, सहसचिवमा स्वसिका थारू, जनक शर्मा (विनोद), जनक विएल र ईश्वर चन्द सर्वसम्मत निर्वाचित भएका थिए । जिल्ला समितिको कोषाध्यक्षमा राम बर्मा चयन भएका छन् ।
अखिल क्रान्तिकारी बाँकेको २४औँ जिल्ला सम्मेलनको नेपालगन्जमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्तमान पुन अन्नतले उद्घाटन गरेका थिए ।
लुम्बिनी प्रदेश इन्चार्ज घर्तीका अनुसार प्रदेशका अधिकांश जिल्लामा सम्मेलन भएर नयाँ नेतृत्व समेत चयन भइसकेको छ । बाँकी रहेका केही जिल्लामा केही दिनमै सम्मेलन भएर नयाँ नेतृत्व चयनको तयारी भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्