कैलाली ।
धनगढी विमानस्थलबाट करिब साढे ८ लाख रूपैयाँ बराबरका एप्पल कम्पनीको आइफोनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरीलाई सोमबार ८ लाख ४० हजार बराबरका २१ वटा आइफोनसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई विमानस्थलको यात्रु प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेश एक्सरे मेसिनमा चेकजाँच गर्दा काठमाण्डौँ पठाउने भनी पठाइरहेको अवस्थामा आइफोन बरामद गरिएको कैलाली प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
युवकसहित बरामद गरिएका मोबाइल आवश्यक कारबाहीका लागि सोमबार नै कैलाली भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ भदौ १८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्