नेपालगन्ज ।
१७औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शनिबार नेपालगन्जमा प्रभातफेरीसहित विवेचना सभा कार्यक्रम गरिएको छ ।
महेन्द्र पुस्तकालयको आयोजनामा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने मूल नाराका साथ दिवसको अवसरमा प्रभातफेरीसहित विवेचना सभा कार्यक्रम गरिएको हो ।
प्रभातफेरीको क्रममा ‘पुस्तकालय दिवस सफल पारौँ’, ‘पुस्तकालय जाऔँ ज्ञान बढाऔँ’, ‘जनताको विश्वविद्यालय पुस्तकालय’, ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ लगायतका नाराहरू लगाइएको थियो ।
कार्यक्रममा पुस्तकालयको महत्व, समय अनुसार स्तरीय पुस्तकालयको आवश्यकता, पुस्तकालय विकासमा सरकारको दायित्व आदि बारेमा विस्तृत रूपमा चर्चा गरिएको थियो । साहित्यिक स्रष्टाहरू सुन्दर गुरुङ, चन्द्रावती अधिकारी, पुष्पा भट्टराई, ब्रह्माकुमार कृष्णबहादुर रानाभाट लगायतले सृजना वाचन गरेका थिए ।
पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वरिष्ठ साहित्यकार कथाकार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा।डा।कृष्ण प्रसाद घिमिरे, प्राज्ञ शशिराम कार्की लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्