कोहलपुर ।
गोर्खा युनाइटेड पब्लिक स्कुलले साइन्स र म्यानेजमेन्टमा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्नुका साथैं अभिमुखीकरण गरेको छ ।
मंगलबार स्कुलका सञ्चालक समितिका अध्यक्ष केशरबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको हो ।
सो अवसरमा बोल्दै उनले यो दुई वर्षको समय निकै चूनौतीपूर्ण रहेकाले लगनशिलता भएर पढ्न आग्रह गरेका थिए । साइन्स र म्यानेजमेन्टका विद्यार्थीहरूलाई स्कुलमा स्वागत गर्दै अबको दुई वर्ष राम्रोसँग पढे भविष्य राम्रो बन्ने उनको भनाइ छ ।
स्कुलले त्यसको लागि सबै व्यवस्थापन र दक्ष, अनुभवी शिक्षकको व्यवस्थापन गरेको उनले बताए । स्कुलले विगत १६ वर्षदेखि साइन्स र म्यानेजमेन्ट पठनपाठन गर्दै दक्ष जनशक्ति उत्पादन गरिरहेको आलेले जानकारी दिए ।
उनका अनुसार यसवर्ष स्कुलको १७औँ ब्याच रहेको छ । स्कलकी प्रधानध्यापक साधन थापाले उच्च शिक्षाको लागि विद्यार्थीहरूले गोरखा स्कुललाई राजेको भन्दै खुसी व्यक्त गरिन् ।
साइन्सका दुईवटा सेक्सन रहेको र जसमा ७० विद्यार्थी अध्ययनरत रहेको उनले बताइन् । त्यस्तै म्यानेजमेन्टतर्फ एउटा मात्रै सेक्सन रहेको र त्यसमा ४० जना विद्यार्थीहरू भर्ना लिएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्