कोहलपुर ।
कोहलपुर नगरपालिका– २ आनन्दनगरमा शनिबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
कोहलपुर नगर इसाई समाजको आयोजना, कौसिल्या अस्पताल प्रालिको प्राविधिक सहयोग र कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको संरक्षकमा शिविर भएको हो ।
निःशुल्क आँखा जाँच शिविरबाट दुई सय जनाले सेवा लिएको कोहलपुर नगर इसाई समाजका उपाध्यक्ष नोखराज रावतले जानकारी दिए । उनका अनुसार मौसम परिवर्तनसँगै मानिसमा बढ्दै गरेको आँखाको समस्यालाई मध्यनजर गरेर निःशुल्क आँखा जाँच शिविर गरिएको थियो ।
शिविरमा दृष्टि विशेषज्ञ निरज काफ्ले र प्राविधिक सहायक पुनम रेग्मीले बिरामीहरूको आँखा परीक्षण गरेको कोहलपुर नगर इसाई समाजका अध्यक्ष बालकृष्ण विकले जानकारी दिए ।
इसाई समुदाय एउटा धार्मिक क्रियाकलाप मात्र गर्ने नभएर सामाजिक क्षेत्रलाई पनि उत्तिकै जोड दिदैँ आएको उनले बताए । शिविरमा निःशुल्क रूपमा बिरामीहरू औषधी समेत वितरण गरिएको थियो ।
आगामी दिनमा कोहलपुरका अन्य स्थानहरूमा समेत स्वास्थ्य शिविरको आयोजना गरिने कोहलपुर नगर इसाई समाजका सचिव कर्मलाल पुनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्