कांग्रेस बाँके–काठमाडौँ सम्पर्क समितिको सभापतिमा ओली



बाँके ।

नेपाली कांग्रेस बाँके–काठमाडौँ सम्पर्क समिति गठन गरिएको छ । शनिबार काठमाडौँमा भएको प्रथम अधिवेशनबाट समितिको सभापतिमा दिलबहादुर ओली चयन भएका हुन् । समितिको उपाध्यक्षमा कमला डिसी, सचिवमा गोविन्द पौडेल, सह–सचिवमा नितेष मौर्य र कोषाध्यक्षमा सुभाष पौडेल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा कर्ण कठायत, चिरिन्जीवी गौडेल, शुस्मा शर्मा, अर्जुन पौडेल, गोपाल काफ्ले, राजेन्द्र खड्का, हरिबहादुर बुढाथोकी, बीरेन्द्र थारू, तारा रिजाल, किरण लम्साल, सुशान्त अधिकारी र तिलकबहादुर खत्री रहेको नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जानकारी दिए ।

पहिलोपटक काठमाडौँमा रहेका बाँकेबासीलाई समेटेर नेपाली कांग्रेस बाँके–काठमाडौँ सम्पर्क समिति गठन गरिएको उनले बताए । ‘विभिन्न शिलशिलामा काठमाडौँमा रहनुभएका बाँकेलाई समेटेर सम्पर्क समिति बनाइएको हो’ उनले मिसन टुडेसँग भने, ‘नेपाली कांग्रेसमा आस्थावान साथिहरूलाई समेटेर समिति बनाएका हौं ।’

प्रथम अधिवेशन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको थियो । सभापति पुनसँगै कांग्रेस बाँकेका सभापति गौडेल, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल लगायतको समेत उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ साउन १३ गते आइतबार