कोहलपुर ।
बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा न्यु दपर्ण युवा स्पोर्ट्स क्लबले कञ्चनजंघा भिजन स्पोर्ट्स क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
कोहलपुर नगरपालिका तेह्रविघाह खेलमैदानमा भएको खेलमा न्यु दपर्ण युवा स्पोर्ट्स क्लबले कञ्चनजंघा भिजन क्लबलाई ५–४ गोलअन्तरले पराजित ग¥यो। १ बराबरीमा खेल सकिए पश्चात पेलान्टि सुट आउँट बाट एक गोलको अन्तरले न्यु दपर्ण विजयी भएको हो ।
प्रतियोगिताको कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले शनिबार उद्घाटन गरेका हुन् । नगर प्रमुख आचार्यले कोहलपुरले पछिल्लो समय खेलकुद क्षेत्रको पूर्वाधारसँगै स्तरीय प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको मनोबल बढाउने काम गरेको बताए ।
प्रकाशित मिति : २०८१ जेठ २१ गते सोमबार
प्रतिक्रिया दिनुहोस्