बाँके ।
नेपाल प्रेस युनियन बाँकेले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । युनियनको ३३औं स्थापना दिवसको अवसरमा युनियन बाँकेले पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य शिविर र मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।
युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा बसेको सचिवालय समितिको बैठकले भोलि शनिबार प्रेस युनियनकर्मीसँग स्वास्थ्यकर्मी र महिला उद्यमीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
फुटसलका लागि युनियनले नेपालगन्ज–१० मा रहेको बागेश्वरी फुटसल एन्ड स्पोर्ट्स हबसँग प्राविधिक सहकार्य गरेको छ । आइतबार सम्पूर्ण पत्रकारहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिएको छ ।
गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिकिल्निक एन्ड डाइग्नोष्टिक सेन्टरसंँगको सहकार्यमा स्वास्थ्य शिविर गरिन लागेको युनियन बाँके शाखा सचिव भिष्म लोधले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा केही रचनात्मक गतिविधि गर्ने भनेर पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य शिविर र फुटसल प्रतियोगिता गर्न लागिएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्