बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ले सुखद् सुरूआत गरेका छ । प्रदर्शनको पहिलो दिन आज हलहरुमा दर्शकको उपस्थिति उत्साहजनक रहेको छ ।
आज धेरै शो हाउसफुल रहे भने बेलुकीको शोको बुकिङ शत प्रतिशतसम्म देखिएको छ । फिल्मका कलाकारहरू बिहानै देखि काठमाडौंका हल–हलमा पुगेर दर्शकसँग खुशी साट्दै धन्यवाद दिइरहेका थिए ।
‘पुजार सार्की’ का वितरक रोहित कट्टेलले देशभरका हलमा फिल्मले सोचेको भन्दा राम्रो दर्शक पाइरहेको बताए । जुन किसिमको शो र त्यसमा दर्शकको चाप छ, फिल्मले धेरै राम्रो गर्ने देखिएको छ,’ उनले भने।
आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बू अभिनीत पुजार सार्की’ लाई दिनेश राउतले निर्देशन गरेका हुन्। विकास सुवेदीको लेखन रहेको फिल्मको निर्माता सुवास भुसाल रहेका छन् ।
फिल्मले जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । फिल्म ‘पुजार सार्की’ आज बाट देशभर एक साथ प्रर्दशनमा आएको छ ।
प्रतिक्रिया दिनुहोस्