कोहलपुरको विकासमा सामूहिक प्रतिबद्धताको जोड



कोहलपुर ।

कोहलपुर नगरपालिकाको विकासका लागि यहाँस्थित विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा आमनागरिकहरू ऐक्यबद्ध हुनुपर्नेमा जोड दिइएको छ । कोहलपुर नगरपालिकाको ११औँ स्थापना दिवस मनाउने क्रममा मंगलबार बोल्ने वक्ताहरूले नगर विकासका लागि सामूहिक प्रतिबद्धताको खाँचो औँल्याएका हुन् ।

समारोहलाई सम्बोधन गर्ने प्रायः सबै वक्ताहरूले नगर विकासका लागि सामूहिक भावना लिएर ऐक्यबद्ध हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै संघीय सांसद सूर्यप्रसाद ढकालले मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन भइरहँदा पनि आर्थिक र सामाजिक परिवर्तन गर्न नसकिएको स्वीकार गर्दै त्यसका लागि सबै जना एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

जनताको चाहना मुलुकमा शान्ति, सुशासन र समृद्धि भए पनि त्यसअनुहरूको लक्ष्य प्राप्त गर्न नसकिएको उनले प्रष्ट पारे । जनप्रतिनिधिहरूका भूमिकालाई लिएर यतिबेला जनताले विभिन्न प्रश्न गरिररहेको जनाउँदै सांसद ढकालले त्यसैले हरेक तहका नेतृत्व यतिबेला गम्भीर बन्नुपर्ने बताए ।  कोहलपुरको विकासका लागि सबैभन्दा पहिला यहाँका सरकारी तथा सार्वजनिक जग्गाहरूमा भइरहेको अतिक्रमण हटाउनुपर्ने उनको भनाइ छ । ‘कोहलपुरस्थित क्रिकेट मैदानमा नगर विकास समितिको जग्गामा अतिक्रमण भएको छ,’ उनले भने, ‘सबैभन्दा पहिले यहाँका सबै राजनीतिक दल र नागरिक समाज एकजुट भएर त्यो अतिक्रमण हटाउनुपर्छ ।’ उनले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणले पनि कोहलपुरको विकासमा बाधा पु¥याइरहेको बताए । ‘आज एकातिर कोहलपुरमा सरकारी कार्यालय राख्ने ठाउँ खोज्दै हिँड्नु परेको छ,’ उनले भने, ‘उता भएका सरकारी जग्गा धमाधम अतिक्रमणमा परेका छन् ।’

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले सम्पूर्ण नगरबासीका भावनाहरूलाई एकीकृत गरेर मात्र कोहलपुरको विकास सम्भव हुने बताए । स्थानीय सरकारको एकल प्रयासले मात्र नगरको तीव्र विकास सम्भव नरहेको जनाउँदै नगर प्रमुख आचार्यले यस क्षेत्रबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले पनि यस क्षेत्रको विकास बारेमा सोच्नुपर्ने बताए ।

May be an image of 12 people and temple

कोहलपुरको तीव्र विकासका लागि यहाँका राजनीतिक दल र नागरिक समाजको पनि उत्तिकै भूमिका हुने उनको भनाइ छ । ‘साँच्चै हामी कोहलपुरको समग्र विकासप्रति चिन्तित छौँ भने अब पेट पाल्ने, परिवार पाल्ने वा दल पाल्ने सोचबाट माथि उठ्नै पर्छ,’ उनले भने, ‘तब मात्र यहाँको विकास अगाडि बढ्न सक्छ ।’

नगरभित्र प्राप्त अवसरहरूको उचित बाँडफाँट हुनुपर्ने पनि उनको धारणा छ । ‘प्राप्त अवसरहरू व्यक्ति केन्द्रित, दल केन्द्रित वा संघसंस्था केन्द्रित हुन थाले भने त्यो ठूलो दुर्भाग्य हुन्छ,’ उनले भने, ‘यसो भयो भने नागरिकले विभेदको महसुस गर्छन् ।’ उनले संघीय र प्रदेश सरकार भएको अनुभूति कोहलपुरबासीले गर्न नपाएको गुनासो समेत गरे ।

‘प्रदेश र संघ सरकार पनि छन् भन्ने अनुभूति यहाँका जनताले गर्न नपाएको अवस्था छ,’ उनले भने, ‘यसप्रति संघ र प्रदेश सरकारहरू पनि गम्भीर बन्नुपर्छ ।’ कोहलपुरले कोहलपुरबासीलाई मात्र सेवा दिइरहेको नभएर यो पश्चिम क्षेत्रकै सेवा केन्द्रका रूपमा रहेकाले संघ र प्रदेशले कोहलपुरलाई कोहलपुरका रूपमा मात्र बुझ्न नहुने उनको आग्रह छ । ‘कोहलपुर पश्चिम क्षेत्रकै सेवा केन्द्र हो,’ उनले भने, ‘संघ र प्रदेशले पनि यो कुरा बुझ्नु जरुरी छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेश सांसदहरू दुर्गाप्रसाद चौधरी, कृष्णा केसी (नमुना) र वसन्ती अधिकारीले पनि शुभकामना मन्तव्य राखेका थिए ।
आफ्नो मन्तव्य राख्दै सांसद चौधरीले कोहलपुरको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताए । केही व्यक्तिहरूले यो व्यवस्थाविरुद्ध आवाज उठाइरहँदा हिजोको निरंकुश पञ्चायती व्यवस्था कस्तो थियो भनेर एकपटक समीक्षा गर्न उनले आग्रह गरे ।

‘आज यही व्यवस्थाले दिएको स्वतन्त्रता उपयोग गर्दै साथीहरूले खुला रूपमा विरोध जनाउन पाइरहनुभएको छ,’ उनले प्रश्न गर्दै भने, ‘हिजो निरंकुश व्यवस्थामा के यसरी नै मञ्चमा ससम्मान आसन ग्रहण गराएर निर्धक्क बोल्न दिने अवस्था थियो ?’ उनले यही परिवर्तनले नै आज खुलामञ्चबाटै जोकोहीलाई विरोध गर्नसक्ने अवस्था सिर्जना भएको दाबी गरे ।May be an image of 9 people, dais, temple and text that says '"हरित संगमस्थल हाम्रो शहर, सुन्दर समृद्ध कोहलपुर नगर" कोहलपुर नगरपालिका, बाँके 99 औं स्थापना दिवस समारोह.श१ लिका'

त्यसैगरी लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले तीन तहका सरकारको समन्वयमा विकास निर्माणका काम अगाडि बढाउनुपर्ने बताइन् । उनले पूर्वाधार निर्माण गर्दा दीर्घकालीन सोच राखेर कम्तीमा पनि पचास–सय वर्षसम्मका लागि हुने संरचना निर्माण गर्नुुपर्ने बताइन् । ‘हाम्रा विकासका कतिपय संरचना बनाएको ५ वर्षपछि नै भत्काउनुपर्ने अवस्थाका छन्,’ उनले भनिन्, ‘आपसी समन्वय र दीर्घकालीन सोच नहुँदा नै यस्ता खालका समस्या देखिने गरेका हुन् ।’

त्यस्तै, लुम्बिनी प्रदेश सांसद बसन्ती अधिकारीले कोहलपुरको विकासमा आफूहरूको सदैव ऐक्यबद्धता रहेको जनाउँदै नगरपालिकाले ल्याउने हरेक विकास निर्माणका योजनामा सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले वर्तमान अवस्थामा देखिएका केही सानातिना कमजोरीलाई लिएर केही व्यक्तिहरूले व्यवस्थाविरुद्ध धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेको र त्यसप्रति परिवर्तनकामी शक्ति एकजुट हुन आग्रह गरिन् ।

त्यसैगरी, कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुबेदीले अहिले आमनागरिकमा स्थानीय सरकारप्रतिको भरोसा बढ्दै गएको दाबी गरिन् । वर्तमान अवस्थामा संघीय र प्रदेश सरकारहरू अस्थिर देखिइरहँदा आम सर्वसाधारणले आफ्ना लागि भरपर्दो सरकारका रूपमा स्थानीय सरकारलाई नै रोज्ने गरेको उनको धारणा थियो । ‘अहिले स्थानीय सरकार नै स्थायी सरकार भएको छ,’ उनले भनिन्, ‘यही सरकारले जतिसक्दो जनतालाई सेवा प्रवाह गरिरहेको छ ।’

May be an image of 10 people, temple and text that says 'Se "हरित संगमस्थल हाम्रो शहर, सुन्दर समृद्ध कोहलपूर नगर" हलपुर जगरम्पलिद बाके 6OKeи'

उनले नगरपालिका एक्लैले आमनागरिकका सम्पूर्ण अपेक्षा पूरा गर्न नसक्ने भएकाले सबैको सहयोग अपरिहार्य रहेको बताइन् । कोहलपुरको विकासका लागि आफूहरूले शिक्षा क्षेत्रलाई विशेष जोड दिएको पनि उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाका पूर्र्वप्रमुख लुटबहादुर रावतले कोहलपुरलाई आजको कोहलपुुर बनाउन विगतमा धेरै व्यक्तिहरूको भूमिका रहेको स्मरण गर्दै कोहलपुरलाई अझ राम्रो बनाउन सकिने विचार राखे । नगरपालिकाका वर्तमान जनप्रतिनिधिहरूले हिजो सुरु गरिएका कामहरूलाई निरन्तरता दिँदै थप नयाँ योजना लागू गर्दै जानुपर्ने सुझाव दिए ।

सो अवसरमा विभिन्न राजनीतिक दलका जिल्ला तथा नगर कमिटीका अध्यक्षहरूले समेत शुभकामना मन्तव्य दिएका थिए । उनीहरूले पनि नगर विकासका लागि सामूहिक ऐक्यबद्धता हुनुपर्नेमा जोड दिएका थिए ।

विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत रहेको कार्यक्रममा नगरपालिकाको स्थापना दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता, उत्कृष्ट करदाता, हरित नगर अभियानमा जोडिएका विभिन्न व्यक्ति तथा संघसंस्था, शिक्षक, कर्मचारी, राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, बिएलई तथा एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलगायतलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो । स्थापना दिवसका अवसरमा मंगलबार नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

को–को भए पुरस्कृत ?

स्थापना दिवसका अवसरमा मंगलबार विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरणसमेत गरिएको छ । स्थापना दिवसको अवसरमा सञ्चालित वक्तृत्वकला प्रतियोगितामा बालविद्या माविकी जानकी अर्यालले प्रथम स्थान हासिल गरेकी छन् । त्यस्तै, गोरखा युनाइटेड पब्लिक स्कुलकी राधिका मगर द्वितीय र ग्रिन पिस माविका आयुष पोख्रेरल र पञ्चमुखी इङ्गलिस मिडियमकी रिया कुवँर तृतीय भएका छन् ।

उनीहरूलाई स्थापना दिवसको अवसरमा मंगलबार प्रमाणपत्र प्रदान गर्नुका साथै पुरस्कारसमेत प्रदान गरिएको थियो । सो अवसरमा सञ्चालित कविता प्रतियोगितामा बाल ज्योति माविका विपीन सिंह प्रथम, कृष्ण माविकी सृष्टि बुढामगर द्वितीय, ग्रिन पिस माविका आयुष पोख्रेरल तृतीय र कोहलपुर बागेश्वरीकी उन्नति रावत सान्त्वना भएका छन् ।

दौड प्रतियोगितामा छात्रतर्फ प्रथम सुगम चौधरी, द्वितीय सागर बुढा र तृतीय रमित सापकोटालाई पनि खादासहित पुरस्कृत गरिएको छ । छात्रा दौडतर्फ प्रथम हुने स्वातिका शाही, द्वितीय हुने कल्पना बुढा र तृतीय हुने तुलसी बुढालाई पनि पुरस्कृत गरिएको छ ।

उत्कृष्ट करदातामा व्यक्तिगततर्फ सञ्जय ढकाल सम्मानित भएका छन् । उनले १ लाख १० हजार ८ सय १८ रुपैया कर तिरेका थिए । त्यस्तै, लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर सम्मानित भएको छ ।

शिक्षकतर्फ नेपाल राष्ट्रिय आधारभूत विद्यालय चटारकी पार्वती आचार्य, बाल विकास शिक्षकतर्फ जनज्योति आधारभूत विद्यालयकी शिक्षिका शिला चौधरी र कार्यालय सहयोगी फूलबर्सिया थारू सम्मानित भएका छन् । उनीहरूलाई नगरपालिकाले स्थापना दिवसको अवसरमा खादासहित प्रमाण पत्र प्रदान गरेर सम्मान गरेको हो ।

May be an image of 9 people and text that says '"दरित संगमस्थल हाम्रो शहर, सु्वद द्व कोहलपू शारष a0 !सपुर पुर 생과'

एसइईमा उत्कृष्ट नतिजा ल्याउने बागेश्वरी एकेडेमीकी छात्रा बिन्दु पौडेल, पूर्णिमा बुढाक्षेत्री, पूर्णिमा आचार्य, दिपेश दाहाल, मालिका यादव र क्षितित पौडेललाई पनि सो अवसरमा सम्मान गरिएको थियो । त्यस्तै, कक्षा ८ तर्फ प्रिसा राजभण्डारी, अभिनय तिवारी, प्रिन्सी हमाल, रमेश जैशी, कृष्ण बुढामगर, श्रृष्टि वली, रिजु रमाइलीलाई पनि उत्कृष्ट अंक ल्याएबापत नगरपालिकाले सम्मान गरेको हो ।

उत्कृष्ट शिक्षकतर्फ शिवशक्ति आधारभूत विद्यालयका बद्रीनाथ सापकोटा सम्मानित भएका छन् । त्यसैगरी, स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण महिला तथा पुरुष फुटबल प्रतियोगितामा कर्मचारी समूह विजयी भएको थियो । त्यसैगरी पुरुष बास्केट बल प्रतियोगितामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र यज्ञ तिमिल्सेनको जोडी प्रथम भएको थियो ।

May be an image of ‎9 people and ‎text that says '‎"हरित संगमस्थल हाम्रो शहर, सुन्दर समृद्ध क हल हक्कर इर و पाल स नगर" चঁके द् 愛超蜜 高電神‎'‎‎

  • No tags available
प्रकाशित मिति : २०८१ वैशाख २६ गते बुधबार