नेपालगन्जमा भोलीदेखि बिवाइडीको एक्सचेन्ज क्याम्प



बाँके ।

जुनसुकै पुराना गाडीसँग साटेर नेपालगन्जमा बिल्ड योर ड्रिम्स (बिवाइडी) का नयाँ विद्युतीय गाडी चढ्न पाइने भएको छ । बिवाइडीको नेपालगन्जका लागि बिक्रेता टिम इलेभेन इभी वल्र्ड प्रालिले निश्चित समयका लागि यस्तो अफर सार्वजनिक गरेको हो ।

कोहलपुर–नेपालगन्ज सडकखण्डको राँझा चोकनजिकै गनापुरमा रहेको बिवाइडीको बिक्रेता टिम इलेभेन ईभीमा तीन दिनसम्म एक्सचेन्ज क्याम्प हुनेछ । टिम इलेभेन ईभी वल्र्डका प्रबन्ध निर्देशक बसन्त भण्डारीले दिएको जानकारी अनुसार वैशाख २१ गतेदेखि सुरु हुने एक्सचेन्ज क्याम्प वैशाख २३ गतेसम्म चल्नेछ ।

तीनदिने एक्सचेन्ज क्याम्पमा अन्य धेरै सुविधाहरू समेत समावेश गरिएको छ । ‘विद्युतीय कार बिक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो बिवाइडीका गाडीहरू हामीले तीन वर्षदेखि बिक्री गरिरहेका छौं,’ प्रबन्ध निर्देशक भण्डारीले मिसन टुडेसँग भने, ‘ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राखेर बिवाइडी एक्सचेन्ज क्याम्प गर्न लागेका हौं ।’

हालसम्म नेपालगन्जबाट मात्रै बिवाइडीका विभिन्न मोडेलका १ सय ५० वटाभन्दा बढी गाडीहरू बिक्री भइसकेको उनले जानकारी दिए । बिवाइडी एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनीका गाडीहरू एक्सचेन्ज गरेर बिवाइडीका नयाँ गाडी चढेर जान पाइनेछ ।

प्रबन्ध निर्देशक भण्डारीका अनुसार पुराना गाडी साटेर नयाँ गाडी लैजाँदा एक्सचेन्ज बोनसको सुविधासमेत रहेको छ । ‘कुनै पनि कम्पनीका पुराना गाडी ल्याएर नयाँ बिवाइडीका गाडी लिएर जान पाइनेछ । एक्सचेन्ज गर्दा मूल्यांकनमा थप बोनससमेत पाइन्छ,’ उनले भने, ‘सीमित अवधिका लागि चल्ने यो अफरमा लाभ लिनुहुन सबैलाई आग्रह गर्दछु ।’

बिवाइडी एक्सचेन्ज क्याम्पमा तत्कालै पुराना गाडीको मूल्यांकन, गाडी किनेमा तत्कालै फाइनान्सको सुविधालगायतका अफरहरू रहेका छन् । २० प्रतिशत मात्रै डाउन पेमेन्टमा बिवाइडीका जुनसुकै गाडी चढ्न सकिने आधिकारिक बिक्रेता टिम इलेभेन ईभी वल्र्डले जनाएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख २० गते बिहीबार