17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

एमाले कोहलपुरमा भट्टराई र नेपालगन्जमा शाह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १८, २०८१  

बाँके ।

नेकपा (एमाले) कोहलपुर नगर कमिटीको अध्यक्षमा कुलबहादुर भट्टराई विजयी भएका छन् । आइतबार अबेर राति सम्पन्न मतगणना अनुसार १९६ मतका साथ भट्टराई नगर कमिटी अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नमप्रसाद शर्माले १०९ र अनिता पौडेलले ६३ मत प्राप्त गरेका थिए ।

नगर कमिटी उपाध्यक्षमा २४१ मत ल्याएर गोमा खनाल विजयी भएकी छन् । उनका प्रतिस्पर्धी सञ्जय थारूले १०० र तेज भण्डारीले १६ मत प्राप्त गरे । सचिवमा हेमकुमार रावत २०० मत ल्याउँदै विजयी हुँदा उनका प्रतिस्पर्धीहरू रमेश मिजारले ८२, नवकिरण शाहले ४१ र मुना कठायतले ३३ मत प्राप्त गरेका थिए ।

उपसचिव खुल्लामा दिपेन्द्र श्रेष्ठले १०६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरू भीम नेपालीले ८१, समुन पौडेलले ७३, इन्द्रलोक चौधरीले ६३ र सुरज वाग्लेले १६ मत प्राप्त गरेका थिए ।

यसैगरी उपसचिवमा महिलामा अन्जना धितालले १८० मत प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी रेखा सुनारले १७० मत प्राप्त गरेकी
थिइन् । अन्य पद तथा कार्यसमिति सदस्यहरू भने सर्वसम्मत रूपमा चयन गरिएको नेकपा (एमाले) कोहलपुर नगर कमिटीले जनाएको छ ।

यस्तै, नेकपा (एमाले) नेपालगन्ज उपमहानगरपालिका कमिटीको अध्यक्षमा मोहित शाह सर्वसम्मत निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न दोस्रो अधिवेशनले सर्वसम्मत रूपमा शाहको नेतृत्वमा नयाँ कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा दिग्विजय ढुंगाना, सचिवमा भीम कँडेल, उपसचिवमा सुर्जा सुनार र रविशंकर बर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गरेकी उषा थापा भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि शाह सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका–९ निवासी शाह यसअघि नेकपा (एमाले) नेपालगन्ज उपमहानगरपालिका कमिटीको सचिव थिए ।

 

प्रकाशित मितिः मङ्लबार, बैशाख १८, २०८१     11:12:56 AM  |