16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

नेकपा एमाले कोहलपुरको नगर अध्यक्षमा भट्टराई विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १७, २०८१  

कोहलपुर।

नेकपा एमाले कोहलपुर कमिटीको नगर अध्यक्षमा कुल बहादुर भट्टराई विजयी भएका छन्। दोश्रो अधिवेशनबाट भट्टराई १९६ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका हुन् ।

उनले १९६ मत प्राप्त गर्दा उनका प्रतिदन्द्धि नम प्रसाद शर्माले १०९ मत र अनिता पौडेलले ६३ मत पाएका थिए । भट्टराईले शर्मा र पौडेललाई भारी मतन्तरले पछि पार्दै विजयी भएका हुन् ।

त्यस्तै नगर उपाध्यक्ष पदमा सञ्जय थारु र सचिवमा हेम कुमार रावत विजयी भएका छन् । थारुले १०० मत र रावतले २०० मत ल्याएर विजयी भएका हुन् । उपसचिवमा भने दीपेन्द्र श्रेष्ठ १०६ मत र उपसचिव महिलामा अन्जना धिताल १८० मतले विजयी भएका छन्।

प्रकाशित मितिः सोमवार, बैशाख १७, २०८१     11:45:01 AM  |