16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

आरएम अस्पताल कोहलपुरमा पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १०, २०८१  

कोहलपुर ।

नयाँ वर्षको अवसरमा आरएम अस्पताल कोहलपुरमा महिलाको पाठेघर तथा प्र्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आइतबार आरएम अस्पताल कोहलपुर र वैभवलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा शिविर सम्पन्न भएको हो ।

पछिल्लो समय महिलाहरूमा पाठेघर तथा प्रजननसम्बन्धी समस्या देखिएकाले संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै एकदिने स्वास्थ्य शिविर आयोजना गरेको संस्थाका अध्यक्ष सुवद्र शर्माले बताइन् । ग्रामीण तथा आर्थिक रूपमा विपन्न महिलाहरूलाई थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले जनाइन् ।

बिहान ८ बजेबाट साँझ ५ बजेसम्म सञ्चालित शिविरबाट संस्थामा आबद्ध २ सय जना महिलाले सेवा लिएका थिए ।

कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरूमा प्रजनन् स्वास्थ्यप्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम गरेको चिकित्सकहरूले बताए ।

स्वास्थ्य शिविरमा महिलाहरूमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने,सेतो पानी बग्नेलगायतको समस्या भेटिएको थियो ।

 

प्रकाशित मितिः सोमवार, बैशाख १०, २०८१     7:27:52 AM  |