16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

नेपाली कांग्रेस क्षेत्र नम्बर १ को भित्तेपात्रो लोकार्पण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ७, २०८१  

नेपालगन्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम गरेको छ । बक्षेत्रीय सभापति पोषण केसीको सभापतित्व र केन्द्रीय सदस्य डा। गोपाल दहितको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कोहलपुरमा आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दहितले देशमा भए गरेका विकास निर्माणका काममा नेपाली कांग्रेसले महŒवपूणर् भूमिका निर्वाह गरेको दाबी गरेका छन् । ‘कांग्रेसको इतिहास हेर्नूस्, देश परिवर्तनका लागि कांग्रेसले कति महŒवपूणर् भूमिका निर्वाह गरेको छ,’ उनले भने, ‘कांग्रेसबिना देश समृद्ध र समुन्नत हुँदैन ।’

जनताले पनि योगदानका आधारमा दल छनोट गर्नुपर्ने भन्दै उनले भने, ‘जनताको सहजताको लागि जनप्रतिनिधिले काम गर्नु पर्छ । जसबाट जनताले नेपाली कांग्रेसका जनप्रतिनिधिबाट केही फरक अनुभूति गरुन् ।’ उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई पनि जनताका समस्या र समाज विकासका लागि इमान्दार र कर्तव्यनिष्ट भएर काम गर्न अपील गरे ।

क्षेत्रीय सभापति केसीले आफ्नो क्षेत्र नम्बरका समस्या र समाधानका विषयमा धारणा राखेका थिए । उनले अझ उर्जाका साथ जनताको घरदैलोमा पुग्न पनि सबैलाई आग्रह गरे । ‘हामीले काम गर्ने भनेकै जनताका लागि हो,’ उनले भने, ‘सहर बजारमा बसेर जनताका समस्या बुझ्न सकिँदैन । त्यसैले हामी प्रत्यक्षरुपमा जनताको घरदैलोमा पुग्न जरुरी छ ।’ ‘

हामी जनताकै साथमा छौं । उनकै कामका दौडिरहेका पनि छौं । जनताले विश्वास पनि गरेका छन्,’ उनी भन्छन्, ‘तर, यतिले मात्र पुग्दैन । अझ मिहेनत गर्नुपर्छ ।’उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ७, २०८१     10:03:12 PM  |