29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

बर्दियाको फुटाहाबाट २३ किलो चरेशसहित एक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१  

बाँके ।

सशस्त्र प्रहरी बलले बर्दिया बढैयाताल गाउँपालिका– २ फुटाहाबाट लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरी नायब निरीक्षक सूर्य बहादुर ओलीको कमाण्डको खटिएको टोलीले ठूलो परिमाणको चरेशसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिम सानोभेरी गाउँपालिका– ५ का ३४ वर्षीय बम बहादुर पुन रहेको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण गुलरियाले जनाएको छ । उनको साथबाट सशस्त्र प्रहरीले ३९ वटा प्याकेट लागूऔषध चरेश जस्तो देखिने पदार्थ बरामद गरेको थियो ।

बरामद भएका प्याकेटहरूको तौल गर्दा २३ किलो रहेको सशस्त्र प्रहरीले जनाएको छ । शंकास्पद बस्तु बोकेर भारततर्फ जाँदै गरेका पुनलाई रोकेर चेकजाँच गर्दा मंगलबार बिहान पौने ४ बजेको समयमा उनको साथमा रहेको २ वटा झोलाबाट लागूऔषध चरेश बरामद भएको थियो ।

लागूऔषधसहित पक्राउ परेका पुनलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण गुलरियाले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१     7:26:47 AM  |