29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

‘टिभिएस मेरो साथी’ स्किममा लाइफटाइम वारेन्टी अफर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१  

बाँके ।

टिभिएसले नयाँ वर्षको अवसर पारि ‘टिभिएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ ।

‘टिभिएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरूले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराउने जनाइएको छ ।

यस स्किम अन्तर्गत ग्राहकहरूले टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधा छ भने हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, सियोर सट क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम इएमआई तथा सजिलो फाइन्यान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सीमित अवधिको लागि देशैभर लागू हुनेछ ।

प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१     7:57:25 PM  |