29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

सवारी दुर्घटनामा बागेश्वरी बहुमुखीका शिक्षक अधिकारीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०८०  

बाँके ।

कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसका शिक्षक हरिप्रसाद अधिकारीको मृत्यु भएको छ । अधिकारीको शुक्रबार पूर्व पश्चिम राजमार्गको बैजनाथ गाउँपालिका– ६ गैर चोक नजिकै भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको हो ।

दुई मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा परेर शिक्षक अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका कोहलपुर नगरपालिका– ८ पिपिरी बस्ने ४५ वर्षीय अधिकारीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको भे११प ५२२१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ गइरहेको भे७प ९२०९ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको थियो ।

सवारी दुर्घटनामा परेर अर्का मोटरसाइकल चालक बारबर्दिया नगरपालिका– १ बस्ने ३४ वर्षीय धनसिंह बुढा घाइते भएका छन् । टाउको, अनुहार र दुवै हातमा चोट लागेका उनको अवस्था मध्यम रहेको छ ।

यसबारे थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०८०     3:22:06 PM  |