29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

आरएम अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०८०  

कोहलपुर ।
आरएम अस्पताल प्रालि कोहलपुरले नव वर्ष २०८१ सालको पावन अवसरमा सुगर, प्रेसर र मिर्गौलासम्बन्धी निःशुल्क एकदिने स्वस्थ्य शिविर सम्पन्न गरेको छ । ‘तपाईंको स्वास्थ्य हाम्रो प्रथमिकता’ भन्ने मूल नाराका साथ बिहीबार निःशुल्क एकदिने स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

बिहीबार बिहान ७ बजेबाट १ सम्म कोहलपुर नगरपालिकाभित्र रहेका स्थानीयहरूलाई निःशुल्क चेकचाँज गरिएको आरएम अस्पतालले जनाएको छ । नयाँ वर्षको अवसर पारेर अस्पतालले विभिन्न छुट अफर पनि चलाएको छ । निःशुल्क जाँच तथा परामर्श, ल्याब जाँच २५ प्रतिशत छुट, एक्स–रे जाँचमा २० प्रतिशत छुट, भिडियो एक्स–रे जाँचमा २० प्रतिशत छुट र होलबडी चेक–अप प्याकेज मात्र २ हजार ७ सय ५० मा सेवा प्रदान गरिएको आरएम अस्पतालका सञ्चालक डा. गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।

सो अवसरमा शिविरमा करिब २ सय जनाले सेवा लिएको उनले बताए । कोहलपुर क्षेत्रमा रहेका र आर्थिक अवस्था कमजोर भएकालाई थोरै भए पनि छुटमा सेवा प्रदान गर्न पाउँदा खुसी लागेको उनले बताए । उनका अनुसार विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०८०     8:02:53 AM  |