मिसन संवाददाता
पोखरा, १९ चैत
लायन्स क्लब अफ पोखराको अध्यक्षमा गोविन्द शर्मा सर्वसम्मत चयन भएका छन् । शनिबार भएको लायन्स क्लब अफ पोखरा फर्निसिङको तेस्रो साधारण सभाले सर्वसम्मत रूपमा शर्मालाई अध्यक्ष चयन गरेको हो ।
लायन वर्ष २०२४–२५ का शर्मा अध्यक्ष चुनिएका हुन् । उनको कार्यकाल आगामी जुलाई १ देखि सुरु हुनेछ । क्लबको प्रथम उपाध्यक्ष रहेका शर्मा क्लबको तेस्रो अध्यक्षका रूपमा चयन भएका छन् ।
क्लबको प्रथम उपाध्यक्षमा माधव अधिकारी, द्वितीय उपाध्यक्षमा राजु कार्की, तृतीय उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी, सचिवमा केदारनाथ त्रिपाठी, कोषाध्यक्षमा शिवराज अधिकारी, सह–सचिवमा शिवराम दाहाल र सह–कोषाध्यक्षमा रन्जनराज सुवेदी निर्वाचित भएको क्लबका संस्थापक अध्यक्ष एवं निर्वाचन अधिकृत रहमोहन सुवेदीले जानकारी दिए ।
प्रकाशित मिति : २०८० चैत १८ गते आइतबार
प्रतिक्रिया दिनुहोस्