कोहलपुर ।
कोहलपुर उद्योग बाणिज्य संघले कोहलपुर नगरपालिका–१३ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नागरिक पोलिक्लिनिक र उज्वल मेडिकल हलको प्राविधिक तथा औषधी सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा उच्च रक्तचाप, मधुमेह, नशा तथा हाड जोर्नीसहित विभिन्न रोगका करिब १ सय १ जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको डा. देवेन्द्र आचार्यले जानकारी दिए । स्वास्थ्य शिविरमा सहभागीलाई डा.आचार्य,डा.दुर्गा विसी रावत, डा.दिव्या ढुगांना लगायतले परिक्षण गरेका थिए ।
प्राकृतिक उपचार पद्धति, उपचार विधि, शारीरिक व्यायाम, स्वच्छ जीवनशैलीका लागि अपनाउनुपर्ने पूर्व सावधानी र खानपानलगायत विषयमा सचेतनामुलक जानकारी दिएको उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेलले बताए ।
बंषाणुगत र घटना विशेषका कारणबाहेक मानव शरीरमा लाग्ने अधिकांश रोगको स्रोत खानपान र जीवनशैली भएको डा.दिव्या ढुगांनाले बताइन् । खानपिनमा अनुशासित हुन सके र नियमित व्यायाम गर्न सकिए धेरै रोगबाट बच्न सकिने भनाइ थियो ।