17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

एन्फा कम्युनिटी ‘कोचिङ कोर्ष’ समापन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०८०  

कोहलपुर ।
कोहलपुर नगरपालिकामा सञ्चालन भएको एन्फा कम्युनिटी ‘कोचिङ कोर्ष’ समापन भएको छ । फागुन १९ गतेदेखि सुरू भएको एक्फा कम्युनिटी ‘कोचिङ कोर्ष’ समापन मंगलबार समापन भएको हो ।

जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्कीले प्रशिक्षणमा युवाहरूले लिएको तालिममा व्यवहारमा लागू गर्न आह्वान गरेकी थिइन् । प्रमुख अथितिसमेत रहेकी कार्कीले खेलकुद विकासका लागि स्थानीय सरकारले थप बजेट विनियोजन गर्न आग्रह गरिन् । आगामी दिनमा वडामा लुकेर रहेका खेलाडीलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

सो अवसरमा बोल्दै एन्फा प्राविधिक निर्देशक हरि खड्काले स्थानीय सरकारको आयोजनामा फुटबल प्रशिक्षण हुनुु सकारात्मक रहेको बताए । कोहलपुरमा प्रशिक्षण लिएको टिम ३१आँै ब्याच भएको उनले जानकारी दिए । तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न पनि प्रशिक्षार्थीहरूलाई खड्काले आह्वान गरेका थिए ।

यसैगरी प्रशिक्षार्थीका तर्फबाट बोल्दै दीप श्रेष्ठले पहिलो पटक तालिम लिन पाउँदा खुसी लागेको बताए । तालिमबाट आफूले धेरै कुरा सिकेको उनको भनाइ छ । श्रेष्ठले तालिमबाट डि लाइसेन्स प्राप्त गरेको भन्दै आफ्नो भूमिका कुशल रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रशिक्षणमा बाँके, दाङ र कपिलवस्तुसहित अन्य प्रदेश र ६ जिल्लाका ३५ जनाको सहभागीता रहेको थियो । सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०८०     10:04:51 AM  |