कोहलपुर ।
बहुप्रतिक्षित टिभिएसको पहिलो ‘मोडर्न–रेट्रो’ अनस्क्रिप्टेड लाइफस्टाइल मोटरसाइकल ‘रोनिन’ कोहलपुरमा पनि लन्च गरिएको छ ।कोहलपुरको आधिकारिक बिक्रेता पानस अटोमोटिभ प्रालिले कोहलपुरमा मंगलबार मोटरसाइकल सार्वजनिक गरेको हो । कोहलपुरमा रहेको टिभिएसको आफ्नै सोरुममा भव्य कार्यक्रममा बीच इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारीले टिभिएस ‘रोनिन’ लन्च गरे ।
टिभिएस ‘रोनिन’ प्रिमियम मोटरसाइकल जगत्मा ‘रोनिन’ लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको टिभिएसका प्राविधिकहरूले बताएका छन् । टिभिएस ‘रोनिन’ नयाँ युगका राइडरहरूका लागि तयार गरिएको मोटरसाइकल रहेको र यो स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएकोले नयाँ पुस्ताका राइडरहरूका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवद्र्धन गर्ने प्राविधिकहरूको दाबी छ ।
‘टिभिएस ‘रोनिन’को लन्च नेपालमा टिभिएस मोटरका लागि महत्वपूर्ण माइलस्टोन भएको कम्पनीको दाबी छ । यो मोटरसाइकलको साथ नेपाली बजारमा बाइकिङ समुदायलाई टिभिएस ‘रोनिन’को विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाहरूको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ । यो मोटरसाइकलको लन्चले टिभिएसले उत्पादनको दायरा, विशेषगरी आधुनिक रेट्रो क्षेत्रमा विस्तार कोहलपुरका आधिकारिक बिक्रेता पानस अटोमोटिभ प्रालिका मन आचार्यले बताए ।
२२५ सिसी क्षमताको टिभिएस ‘रोनिन’ मोटरसाइकलको तौल १६० केजी छ भने यसले २०.४ पिएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले मोटरसाइकलमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउने जनाइएको छ । क्लासिक डिजाइन प्याकेजमा ‘रोनिन’ मोटरसाइकललाई रेन र अर्बन एबिएस मोड, ग्लाइड टेक्नोलोजी (जिटिटी), भ्वाइस र राइड सहायतासहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको कम्पनीले जनाएको छ ।
‘टिभिएस ‘रोनिन’ले टचप्वाइन्टहरूको कुरामा आफ्ना ग्राहकहरू र उनीहरूका प्रमुख सम्बन्धहरूलाई राम्रोसग बुझेको छ । यसले ग्राहकहरूको मुख्यतया संगीत, यात्रा र सामाजिक सम्बन्धहरूद्वारा सञ्चालित अनुभवहरूलाई सहज रूपमा जोड्न मद्दत गर्दछ,’ ग्रेस एन्ड ग्लोबल ट्रेडिङ प्रालिका प्रबन्धक महादेवसिंह ठकुरी भन्छन्, ‘टिभिएस ‘रोनिन’ले नेपालका धेरै युवा राइडरलाई आधुनिक रेट्रो मोटरसाइकलको सहज सवारप्रति प्रोत्साहित गर्नेछ ।’
‘रोनिन’ स्टाइल, कम्फर्ट र टेक्नोलोजीको पर्फेक्ट फ्युजन रहेको कम्पनीका क्षेत्रीय म्यानेजर प्रकाश श्रेष्ठको दाबी छ । उनका अनुसार प्रतिष्ठित डेमिङ पुरस्कार प्राप्त गर्ने एक मात्र दुईपांग्रे्रे सवारी कम्पनीले उत्पादन गरेको टिभीएस ‘रोनिन’ नेपाली बजारमा टिडी संस्करण (ट्रिपल टोन डुअल च्यानल, एबिएस) मा उपलब्ध छ । टिभीएस ‘रोनिन’ को ४ लाख ४९ हजार ९ सय रुपैयाँ मूल्य कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्