27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

नमुनाको विज्ञान प्रदर्शनी तथा फुड फेस्टिभल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०८०  

कोहलपुर ।
नमुना विद्या सदन इङ्ग्लिस मिडियम सेकेन्डरी स्कुलले विज्ञान प्रदर्शनी तथा कल्चरल फुड फेस्टिभल सम्पन्न गरेको छ । आइतबार कोहलपुर नगरपालिका–८ का अध्यक्ष लालबहादुर रानाले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले नमुना विद्या सदन इमी सेकेन्डरी स्कुलले दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको बताए ।

कल्चरल फुड फेस्टिभल तथा विद्यार्थीहरूले प्रदर्शन गरेका विभिन्न प्रकारका विज्ञान प्रदर्शनीहरू हरेर आफू गर्भवान्वित भएको उनको भनाइ थियो । विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासका लागि पठनपाठनसँगै अतिरिक्त क्रियाकलामा समेत जोड दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव डाँगीले बताए ।

विद्यालयले कल्चरल फुड फेस्टिभल तथा विभिन्न प्रकारका विज्ञान प्रदर्शनी गरेर विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिएको उनको भनाइ थियो ।विद्यालयले सबैको साथ सहयोगको अपेक्षा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसुर बाँकी नराखेको उनले बताए ।

सो अवसरमा आयोजित प्रदर्शनीमा विजेताहरूलाई अथितिहरूले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०८०     9:43:45 AM  |