नेपालगन्जमा मःम फेस्टिबल सुरु



नेपालगन्ज ।
४१ प्रकारका मःमको स्वाद पस्किने गरी बिहीबार नेपालगन्जको सिद्धार्थ कटेजमा पहिलोपटक मःम फेस्टिबल सुरु भएको छ । शनिबारसम्म सञ्चालन हुने मःम फेस्टिबलको उद्घाटन बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले गरे ।फेस्टिबलमा मःमका पारखीहरूका लागि विभिन्न फरक–फरक स्वादका ४१ प्रकारका मःम राखिएको सिद्धार्थ समूहका प्रबन्धक केशव न्यौपानेले बताए ।

उत्पादनहरूलाई प्रमोशन गर्ने उद्देश्यले मःम फेस्टिबलमा फापर, कोदो, तरुल, हिउँदे सिमी, केरालगायत विभिन्न स्थानीय परिकारबाट बनेका विभिन्न स्वादका मःमका स्टलहरू राखिएको कर्पाेरेट सेफ एलबी कौशलले बताए ।पछिल्ला दिनहरूमा नेपालमा मःम निकै लोकप्रिय खाद्य परिकार बन्दै गएको छ ।

फेस्टिबलमा मःम पकाउने प्रतियोगिता, मःम क्विजलगायत लाइभ म्युजिक, दोहोरी साँझ, गजल नाइट, स्पेन एन्ड बिनलगायतका विभिन्न प्रतियोगिताहरू सञ्चालन हुने न्यौपानेले बताए । विगत २३ वर्षदेखि सेवा प्रदान गर्दै आएको सिद्धार्थ कजेटले नेपालगन्जमा स्वाद उत्सव, नेपाली र अंग्रेजी नयाँ वर्षहरूमा लाइभ म्युजिकलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रबार