नेपालगन्जमा पहिलोपटक मःम फेस्टिबल हुँदै



नेपालगन्ज ।
सिद्धार्थ कटेज नेपालगन्जले यही माघ ११, १२, १३ गते मःम फेस्टिबल आयोजना गर्न लागेको छ । फेस्टिबलमा मःमका पारखीहरूका लागि विभिन्न फरक–फरक स्वादका ३० भन्दा धेरै प्रकारका मःम राखिने सिद्धार्थ समूहका प्रबन्धक केशव न्यौपानेले बताए ।

उत्पादनहरूलाई प्रमोसन गर्ने उद्देश्यले मःम फेस्टिबलमा फापर, कोदो, तरुल, हिउँदे सिमी, केरालगायत विभिन्न स्थानीय परिकारबाट बनेका विभिन्न स्वादका मःमका स्टल राखिने छ । पछिल्ला दिनहरूमा नेपालमा मःम निकै लोकप्रिय खाद्य परिकार बन्दै गएको छ ।

फेस्टिबलमा मःम पकाउने प्रतियोगिता, मःम क्विजलगायत लाइभ म्युजिक, दोहोरी साँझ, गजल नाइट, स्पेन एन्ड बिनलगायतका विभिन्न प्रतियोगिताहरू सञ्चालन हुने न्यौपानेले जानकारी दिए ।

विगत २३ वर्षदेखि सेवा प्रदान गर्दै आएको सिद्धार्थ कजेटले नेपालगन्जमा स्वाद उत्सव, नेपाली र अंग्रेजी नयाँ वर्षहरूमा लाइभ म्युजिकलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ ९ गते मंगलबार