बाँके ।
२३औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्तामा रक्तदान कार्यक्रम गरिएको छ । बिहीबार तालिम शिक्षालयको आयोजना र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको होे ।
दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा १ सय पिन्ट रगत संकलन भएको रक्तसञ्चार केन्द्रका प्राविधिक राजेन्द्रकुमार महतराले जानकारी दिए । ‘रक्तदान जीवनदान’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै शिक्षालयले वर्षमा २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
नेपाली नागरिकको जनधनको रक्षासहित जीवनरक्षामा समेत रक्तदानमा अग्रणी भूमिका सशस्त्र प्रहरी बलले खेलिरहेको शिक्षालयका सह–समादेशक सशस्त्र प्रहरी उपरीक्षक सञ्जय भट्टराईले बताए । शिक्षालयले वार्षिक २ पटक आफ्ना कर्मचारीहरूबाट रक्तदान गराउँदै आइरहेको बताउँदै उनले अन्य आपतकालीन अवस्थामा समेत रक्तदान गराउँदै आइरहेको दाबी गरे ।
रक्तदान कार्यक्रममा शिक्षालयका १ सय सशस्त्र प्रहरीहरूले रक्तदान गरेका थिए । कार्र्यक्रममा नेपाल रेडक्रस जिल्ला शाखाका रक्तसञ्चार प्राविधिक राजेन्द्रकुमार महतराले रक्तदानको महत्वबारे जानकारी दिएका थिए । रक्तदान कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण कँडेललगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्