नेपालगन्ज।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी राष्ट्रिय सहकारी महासंघ केन्द्रीय सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका छन् । २०८० पुस २७ र २८ गते सम्पन्न ३१औं वार्षिक साधारण सभाले अभियन्ता ओमदेवी मल्ललाई सर्वसम्मत अध्यक्षसहित बाँकेका सुवेदीलगायतलाई सदस्यमा चयन गर्ने निर्णय गरेको हो ।
सुवेदी सहकारी संघ बाँकेको र लुम्बिनी प्रदेशको पनि अध्यक्ष छन् । लामो समयदेखि सहकारी अभियानमा संलग्न सुवेदीले महासंघको केन्द्रीय तहमा जिम्मेवारी पाएपछि तल्लो निकायमा नेतृत्व हस्तान्तरण गर्ने योजना बनाएका छन् । महासंघको २५ सदस्यीय ९ (निर्वाचित) २४ र एक (पदेन) सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका रमेशप्रसाद पोखरेल चयन भएका छन् । उनी राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्षसमेत हुन् । यसैगरी नवनिर्वाचित उपाध्यक्षहरूमा खेमबहादुर पाठक, डिबी बस्नेत र इन्दिरा पन्त छन् । पछिल्लो संशोधिन विनियम अनुसार पहिलोपटक तीन उपाध्यक्ष कायम भएको हो ।
त्यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा भीम तुलाचन निर्वाचित भएका छन् । अन्य सञ्चालकहरूमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी अन्जु, बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसीलगायत छन् ।
प्रतिक्रिया दिनुहोस्