नेपालगन्ज।
नेपालगन्ज उपमाहानगरपालिका–२० मा अवस्थित हाम्रो सिभिल कृषि सहकारी संस्थाको अध्यक्षमा डिल्लीराज रेग्मी चयन भएका छन् । संस्थाको नवौं वार्षिक साधारण सभाद्वारा रेग्मी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । राँझा एयरपोर्टस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा पायोनियर बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शशि स्वाँर प्रमुख अथिति रहेकी थिइन् ।
जम्मा ४ सय जना सदस्य रहेको संस्थाको आर्थिक वर्ष २०७९÷०८० मा १५ लाख ४१ हजार ३ सय रहेको सेयर पुँजी आर्थिक वर्ष २०८०÷०८१ मा २२ लाख ३४ हजार ९ सय पु¥याउने लक्ष्य रहेको अध्यक्षले प्रतिवेदनमा प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षमा बचत संकलन र कर्जा लगानी, पशुपन्छीको दाना बिक्री, बिउ बिजन तथा मल बिक्री, हाटबजार व्यवस्थापन, पशुपन्छी पालन, आधुनिक तरकारी खेती र सिँचाइ प्रविधिको विकासजस्ता सातवटा लक्ष्य प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
अध्यक्ष रेग्मीसहित नौ सदस्य कार्यसमितिमा उपाध्यक्ष हेमबहादुर स्वाँर, सचिवमा वीरबहादुर हमाल, कोषाध्यक्षमा आशा खनाल र सदस्यहरूमा क्रमशः जनकराम भण्डारी, धनबहादुर पुन, शोभा श्रेष्ठ, शुभद्रा श्रेष्ठ, रमि शाक्य सर्वसम्मत चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्