कोहलपुर ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बाँकेले सिद्धार्थ मावि रझेनामा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । बिहीबार प्याब्सन बाँकेका अध्यक्ष यम रावत र सल्लाहकार दिनेश सिग्देलले सो कपडा वितरण गरेका हुन् । निजी विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारी विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बताए ।
निजी विद्यालयहरूले गुुणस्तरीय शिक्षा प्रदान मात्रै नभई सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग र राहत वितरण गर्दै आएको उनले बताए । सिद्धार्थ मावि रझेनामा अध्ययनरत १ सय २५ जना बालबालिकालाई प्याब्सनको तर्फबाट न्यानो ऊनीको टोपी वितरण गरिएको रावतले मिसन टुडेलाई जानकारी दिए ।
सो अवसरमा प्याब्सन बाँकेका सल्लाहकार दिनेश सिग्देलले व्यक्तिगत रूपमा १५ सेट ट्र्याकसुट वितरण गरेका छन् । पछिल्लो समय बाँकेमा अत्यधिक चिसो बढेकाले आर्थिक रूपमा विपन्न बालबालिकालाई थोरै भए पनि राहत पु¥याउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बताए ।









प्रतिक्रिया दिनुहोस्