कोहलपुर ।
आगोले जलेर घाइते भएकी बर्दियाकी एक महिलाको बिहीबार मृत्यु भएको छ । चिसोबाट बच्न सुत्ने कोठामा बालिएको आगोमा जलेर घाइते भएकी राजापुर नगरपालिका–५ झप्टी बस्ने अन्दाजी ७५ वर्षीया सोहनी थारूको उपचाररत अवस्थामा नेपालगन्जमा मृत्यु भएको हो ।
ओढेको ब्लाङ्केटमा सल्किएको आगोमा जलेर घाइते भएकी ती महिलालाई उपचारका लागि सुरुमा जिल्ला अस्पताल बर्दिया लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज लगिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रकाशित मिति : २०८० पुस २७ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्