17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

राष्ट्रिय सभा उम्मेदवारका लागि बाँकेबाट विक सिफारिस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस २१, २०८०  

नेपालगन्ज।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशबाट ६ जनालाई सिफारिस गरेको छ । ६ जनामा तीन पुरुष र तीन महिला छन् । पार्टी प्रदेश कमिटीको सचिवालय बैठकले पाल्पाका झपेन्द्र जीसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरुङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मालाई सिफारिस गरिएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।

नेकपा एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिन लागेकाले लुम्बिनी प्रदेशबाट २ सिटमा निर्वाचन हुँदै छ । लुम्बिनीमा एमालेसँग २ हजार ९ सय ८० मत छ भने नेपाली कांग्रेससँग ३ हजार १ सय ७९ र नेकपा माओवादी केन्द्रसँग १ हजार ३ सय ४३ मत छ । जसपासँग २ सय ७३, राप्रपासँग २ सय ६९, नेकपा एससँग ५३ र स्वतन्त्रसँग ५३ मत रहेको छ ।

प्रकाशित मितिः शनिबार, पुस २१, २०८०     8:25:56 AM  |