21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

सीमावर्ती क्षेत्रबाट भरुवा बन्दुक बरामद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १२, २०८०  

देउखुरी ।
भारतसँग जोडिएको दाङको कोइलाबास नाकाको सीमावर्ती क्षेत्रबाट अवैध हतियार र छर्रा गोली बरामद गरिएको छ । गढवा गाउँपालिका–८ दुर्गा सामुदायिक वन भालुखोला सीमावर्ती क्षेत्रबाट मंगलबार लोड गरिएको एकनाल भरूवा बन्दुक, एक सय ग्राम बारूद र छर्रा गोली बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबासका प्रमुख सन्तोषवीर सिंहले जानकारी दिए ।

प्रमुख सन्तोषवीर सिंहको कमान्डमा खटिएको पैदल गस्ती टोलीले सीमावर्ती क्षेत्र भालुखोला जंगलमा रूखको फेदमुनि लुकाइछिपाइ राखेको अवस्थामा सो अवैध बन्दुक, छर्रा र बारुद बरामद गरेको हो । उक्त अवैध हतियार विभिन्न किसिमको चोरीपैठारी, वन्यजन्तुको तस्करी तथा आपराधिक क्रियाकलापमा प्रयोग हुन सक्ने अनुमान गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले बताए ।

बरामद गरिएको अवैध हतियार आवश्यक कारबाहीका लागि बुधबार सीमा प्रहरी चौकी कोइलाबासलाई बुझाइएको छ ।

प्रकाशित मितिः बिहिबार, पुस १२, २०८०     9:22:23 AM  |