कोहलपुर।
राप्ती सोनारी गाउँपालिका–८ ओवरीस्थित कालीमाटी गंगामाला देउती बज्यै मन्दिर परिसरमा सोमबारदेखि सञ्चालित मंसिर पूर्णिमा मेलाको आज समापन हुँदै छ । सोमबार एक समारोहका बीच गाउँपालिका अध्यक्ष तप्तप्रसाद पौडेलले मेलाको उद्घाटन गरेका थिए ।
सो मेलाको समापन भने लुम्बिनी प्रदेशकी नवनियुक्त खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री कृष्णा केसी (नमुना)ले गर्ने जनाइएको छ ।
मेलाका अध्यक्ष हर्कबहादुर विष्टको अध्यक्षतामा सम्पन्न सो उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष शालिकराम डाँगी र गाउँपालिकाकी पूर्वउपाध्यक्ष धनीकुमारी खत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिनुका साथै भलिबल प्रतियोगिता पनि गरिएको थियो । मेलामा गायक एलिना चौहानले आफ्नो प्रस्तुति दिएकी थिइन् । आज हुने समापन समारोहमा प्रतियोगिताका विजयीहरूलाई पुरस्कारसमेत वितरण गरिनेछ ।
देउतीबज्यै मन्दिरमा पुस ९ गतेदेखि नै बलि दिएर पूजाआजा गरिँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्