अष्टम सहकारीद्वारा क्षमता अभिवृद्धि तालिम



कोहलपुर।
अष्टम साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेवा केन्द्रका सञ्चालक समितिका पदाधिकारीहरूलाई दुईदिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । आफ्ना सेवा केन्द्रका सञ्चालकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ९ वटा सेवा केन्द्रका सञ्चालकहरूका लागि ४ स्थानमा तालिम सञ्चालन गरिएको छ ।
मंसिर २७ गतेदेखि सुरु भएको सो तालिम मंसिर २७ र २८ गते सम्झनामा, पुस २ र ३ गते शमशेरगन्जमा, पुस ५ र ६ गते किनौनामा र पुस ७ र ८ गते खजुरामा सञ्चालन भएका थिए । सो तालिमको आइतबार समापन गरिएको छ । तालिममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुबेदी, जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्याय, अष्टम सहकारी संस्थाका अध्यक्ष देवबहादुर वली, मुख्य प्रबन्धक हरिश केसी, कर्जा अधिकृत कृष्ण केसी र लेखा अधिकृत नारायण खनालले सहजीकरण गरेको संस्थाले जनाएको छ ।

तालिमबाट सेवा केन्द्रका १ सय २३ जना सञ्चालक लाभान्वित भएको संस्थाले जनाएको छ । तालिममा ९ वटै सेवा केन्द्रका प्रबन्धकहरूको समेत सहभागिता रहेको थियो । तालिमपश्चात सहकारी सञ्चालनका विषयमा धेरै कुरा जानकारी प्र्राप्त गरेको सहभागीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २०८० पुस ९ गते सोमबार