बाँके ।
कोहलपुर नगरपालिका– ३ को मदनचोकमा गएराति भिषण आगलागी भएको छ ।
आगलागीबाट लाखौंको क्षतीको अनुमान गरिएको छ ।
बाँसगढी नगरपालिका र नेपालगन्ज उपमहानगरपालिका दमकलको सहायताले सुरक्षाकर्मी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट विभिन्न चारवटा पसलमा क्षती भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
पुस्तक पसल, खाद्यान्न पसल, टेलरिङ सेन्टर र ब्यूटिपार्लर आगलागीबाट जलेर नष्ट भएका छन् । आगलागीको कारण खुल्न सकेको भन्दै कोहलपुर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
प्रकाशित मिति : २०८० मंसिर १४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्