19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

कोहलपुरमा जेसिस सप्ताहका अवसरमा जेब्रा क्रसिङ निर्माण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर १३, २०८०  

कोहलपुर ।

कोहलपुर नगरपालिका–११ हाइस्कुलमा जेब्रा क्रसिङ निर्माण भएको छ । जेसिस सप्ताह २०२३ को अवसरमा जिल्ला ट्राफिक कार्यालय बाँकेसँगको सहकार्यमा जेब्रा क्रसिङ निर्माण गरिएको जेसिस सप्ताह २०२३ का अध्यक्ष ध्रव आचार्यले जानकारी दिए ।

दुर्घटना न्यूनीकरण गर्न जेसिसले जेब्रा क्रसिङ निर्माण गरेको क्लबका अध्यक्ष आचार्यले बताए । सवारी चाप अत्यधिक बढेकाले आवागमनमा देखिएका समस्या समाधान गर्न र पैदलयात्रीलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यले जेब्राक्रस निर्माण गरिएको उनको भनाइ छ । विद्यालय, बजार क्षेत्र र बढी भीडभाड हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने आचार्यले बताए ।

दुर्घटना न्यूनीकरण गर्नु सबैको चासोको विषय भएको नेपालगन्ज, कोहलपुर सडकखण्डमा जेब्रा क्रसिङ निर्माण गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका असई मदन सिंह मातरले बताए । उनले जेसिस वर्ष २०२३ ले सराहनीय कार्य गरेकोप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यमा ट्राफिक प्रहरी सधैँ हातेमालो गर्न तयार भएको बताए ।

पैदल यात्रीलाई बाटो काट्दा सधैँ जेब्रा क्रसिङकै प्रयोग गर्न उनले अनुरोध गरे । जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने ट्राफिक प्रहरीको आगामी योजना रहेको असई मातरले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, मंसिर १३, २०८०     8:12:57 AM  |