21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

पशु प्रजनन् केन्द्रमा पठाउन थालियो ‘मुर्रा’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर ८, २०८०  

नेपालगन्ज ।

बुधबार नेपालगन्ज ल्याइएको ‘मुर्रा’ राँगा पशु प्रजनन् कार्यालयमा पठाउन सुरु गरिएको छ । बिहीबार खजुरामा रहेको प्रजनन् केन्द्रमा तीन वटा राँगा पठाएको छ भने लहान र पोखरामा पठाउने तयारी गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उपहारस्वरूप दिने भनिएका १५ वटा ‘मुर्रा’ राँगा बुधबार नेपालगन्ज ल्याइएको थियो । भारतको हरियाणाबाट राँगालाई स्थलमार्ग हँुदै नेपालगन्ज ल्याइएको हो ।

भारतको राष्ट्रिय भैँसी अनुसन्धान केन्द्रबाट ल्याइएका राँगाको क्वारेन्टाइन चेकजाँच गरेर मुुलुकका तीन स्थानमा रहेका राष्ट्रिय पशु प्रजजन् कार्यालयमा राखिने पशु सेवा विभागका प्रमुख पशु विकास अधिकृत डा. माधवप्रसाद अर्यालले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारत सरकार र नेपाल सरकारबीच दुईपक्षीय समझदारीअन्तर्गत नश्ल सुधारका लागि मुर्रा जातका १५ वटा राँगा दिने भारतले प्रतिबद्धता जनाएको थियो ।

प्रधानमन्त्रीको भ्रमणपश्चात पशु सेवा विभागको टोली भारत पुगेर राँगा छनोटलगायतका काम गरेपछि स्थलमार्ग हुँदै रुपैडिहा नाकाबाट नेपालगन्ज प्रवेश गराइएको डा. अर्यालले बताए ।

विभागका अनुसार पोखरामा रहेको राष्ट्रिय पशु प्रजजन् कार्यालयमा ७ वटा, लहानमा ५ वटा र बाँकेको खजुरास्थित गौघाटमा रहेको राष्ट्रिय पशु प्रजजन कार्यालयमा ३ वटा राँगा राखिनेछ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ८, २०८०     7:59:11 AM  |