भेरीमा ल्याइयो जाजरकोटबाट भूकम्पका घाइते



बाँके ।

भूकम्पमा परी गम्भीर घाइते भएका जाजरकोटका एकजना घाइतेलाई नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ ।

जाजरकोट भूकम्पमा परी घाइते हुने एक जनालाई पहिलो पटक भेरी अस्पतालमा पु¥याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

भेरी नगरपालिका– ४ खलंगाका ४८ वर्षीय विमलकुमार कार्कीलाई थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको हो ।

एम्बुलेन्समार्फत ल्याएका उनको उपचार भइरहेको भेरी अस्पतालले जनाएको छ ।

एम्बुलेन्सबाट अस्पतालको बेडसम्म पु¥याउनेको लागि सशस्त्र प्रहरीहरू भेरी अस्पतालमा खटाइएको छ । अन्य घाइतेहरू समेत जाजरकोट र रुकुम पश्चिमबाट भेरीमा ल्याउँदै गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

जारकोटमा गएको भूकम्पमा परी ठूलो मात्रामा मानिसको मृत्यु घाइते भएपछि उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष (डेडिकेटेड) अस्पतालका रुपान्तरण गरिएको छ।

बाँके प्रशासनबाट बिहान ३:२१ बजेबाटै तयारी थालिएको भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि तयारी अवस्थामा राखिएको छ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। भेरी अस्पताल बाहेक सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको उल्लेख छ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ र पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ र लजिस्टिक कि प्रबन्ध मिलाइएको बाँके प्रशासनले जनाएको छ।

हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ। ब्लडको अपुग भएमा फ्रेस ब्लड आपूर्तिको लागि रक् दाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार