भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु



जाजरकोट ।

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

जाजरकोट सदरमुकाम खलंगामा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार